पहाडजस्तै अग्लो भयो पीरैपीरको भारी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
दुःखियाको कर्मै खोटो रुँदै बाँच्नु पर्ने
ओइलिएको पात रहेछु पलपल मर्नु पर्ने
खडेरी नि खपेकै छु त्यस्तै मुसलधारे झरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
जहाँ जान्छु आफ्नो दुःख जान्छ आँफैसँग
आँफैसँग लुक्दै भाग्दै कहाँ जाऊँ म अन्तै
निराशाले थिच्दै जान्छ वाँच्दा मरी–मरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।
स्वर-सुवाश पराजुली
संगीत-रोशन शाही
Thursday, May 20, 2010
Saturday, May 15, 2010
परदेश
आटोपीठो मीठै हुन्थ्यो खान्थ्यौ हाँसी–हाँसी
परदेश लागेँ कमाउन खुशी बन्धक राखी ।
अलिकति रहर मेरो धेरै कमाउने
कमाएर फर्की आइ सँगै रमाउने
दुःख पनि सुख हुन्थ्यो सँगसँगै हुँदा
नरोऊ भन्ने कोही छैन परदेशमा रुँदा ।
ज्यान टाढा भए पनि उनकै याद मनमा
कस्तो राक्षस पस्यो मनमा मन गयो धनमा
सम्झी–सम्झी भक्कानिदै रुन्छु घरि–घरि
छायाँ बनि उनको तस्वीर घुम्छ वरिपरी ।
परदेश लागेँ कमाउन खुशी बन्धक राखी ।
अलिकति रहर मेरो धेरै कमाउने
कमाएर फर्की आइ सँगै रमाउने
दुःख पनि सुख हुन्थ्यो सँगसँगै हुँदा
नरोऊ भन्ने कोही छैन परदेशमा रुँदा ।
ज्यान टाढा भए पनि उनकै याद मनमा
कस्तो राक्षस पस्यो मनमा मन गयो धनमा
सम्झी–सम्झी भक्कानिदै रुन्छु घरि–घरि
छायाँ बनि उनको तस्वीर घुम्छ वरिपरी ।
Tuesday, May 11, 2010
सानो छदा
सानो छदा सधैँ आमा आशिष मलाई दिन्थिन्
मुहार मेरो हेरी–हेरी पीर ब्यथा भुल्थिन् ।
हुर्के बढे सन्तान सबै लाखापाखा लागे
आफैँ–आफैँ झगडा गरी लडाई गर्न थाले
भन्थिन आमा दाजुभाइ मिलि सधैँ बस्नू
घरपरिवार,गाउँ अनि देशको इज्जत राख्नू ।
सानो थियो घर हाम्रो सुखी परिवार
कुन बैरीको आँखा लाग्यो बिग्रयो घरबार
बारम्बार भन्थिन् आमा नाम कमायस् वावु
जहाँ गए’नि साथीभाइ असल छिमेक छान्नू ।
मुहार मेरो हेरी–हेरी पीर ब्यथा भुल्थिन् ।
हुर्के बढे सन्तान सबै लाखापाखा लागे
आफैँ–आफैँ झगडा गरी लडाई गर्न थाले
भन्थिन आमा दाजुभाइ मिलि सधैँ बस्नू
घरपरिवार,गाउँ अनि देशको इज्जत राख्नू ।
सानो थियो घर हाम्रो सुखी परिवार
कुन बैरीको आँखा लाग्यो बिग्रयो घरबार
बारम्बार भन्थिन् आमा नाम कमायस् वावु
जहाँ गए’नि साथीभाइ असल छिमेक छान्नू ।
Thursday, May 6, 2010
जून निदाएको बेला
(प्रकाशोन्मूख कृति)
विधा-गीत संग्रह
लेखक-केदार श्रेष्ठ 'गगन'
चित्र- खगेन्द्र पन्धाक लिम्बू
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला
बाँसुरी त्यो रुन्छ सधैँ धुन निदा'को बेला ।
भाग्य कसो फिर्ने छैन फर्किन्छ रे खोला
आशैआशमा बाँच्नु पर्ने कस्तो भाग्य होला ?
उजाड हुन्छ वाग सधैँ फूल निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।
मिलि काम गरे हुन्छ देशको उन्नति
उठौँ,जागौँ,जुटौँ अब गरौँ आफ्नो प्रगति
मृत हुन्छ शरीर सधैँ खुन निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।

विधा-गीत संग्रह
लेखक-केदार श्रेष्ठ 'गगन'
चित्र- खगेन्द्र पन्धाक लिम्बू
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला
बाँसुरी त्यो रुन्छ सधैँ धुन निदा'को बेला ।
भाग्य कसो फिर्ने छैन फर्किन्छ रे खोला
आशैआशमा बाँच्नु पर्ने कस्तो भाग्य होला ?
उजाड हुन्छ वाग सधैँ फूल निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।
मिलि काम गरे हुन्छ देशको उन्नति
उठौँ,जागौँ,जुटौँ अब गरौँ आफ्नो प्रगति
मृत हुन्छ शरीर सधैँ खुन निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।
Monday, May 3, 2010
ताराभरि
ताराभरि पाउँछु तिमीलाई उसैगरी जूनमा
गीत गाउँछु तिमी नै छौ त्यसैगरि धुनमा ।
अन्जान मै माया बस्यो कतिसाह्रो गाढा
मन भित्र गढ्या माया नहुने है टाढा
जहाँ जान्छु उहीँ पाउँछु साथ मै तिम्रो छायाँ
नछुटिने, नमेटिने कस्तो तिम्रो माया ।
आकाशमा लाखौ तारा तिमी एक हौ जून
बादल बनि आइदिऊ कि तिमीलाई छुन
उड्छ मन कल्पनामा सिमलको भुवाजस्तै
तिमी मै हराई जान्छु आगोको त्यो धुवाजस्तै ।
गीत गाउँछु तिमी नै छौ त्यसैगरि धुनमा ।
अन्जान मै माया बस्यो कतिसाह्रो गाढा
मन भित्र गढ्या माया नहुने है टाढा
जहाँ जान्छु उहीँ पाउँछु साथ मै तिम्रो छायाँ
नछुटिने, नमेटिने कस्तो तिम्रो माया ।
आकाशमा लाखौ तारा तिमी एक हौ जून
बादल बनि आइदिऊ कि तिमीलाई छुन
उड्छ मन कल्पनामा सिमलको भुवाजस्तै
तिमी मै हराई जान्छु आगोको त्यो धुवाजस्तै ।
Saturday, March 20, 2010
गीत(पूर्णिमाको साँझ)
खुसी हुँदा हाँस्थ्यो जून पूर्णिमाको साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
रिसाएझैँ गर्थिन् उनी धेरै माया गरी
जिस्किएर पर सर्थिन् जान्छु छाडी भनि
लुकीलुकी एकान्तमा भेट्रथ्यौ सधैँ साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
शान्त हुन्थ्यो यो मन एकझुल्को हेर्न पाए
पुगिन्थ्यो कि स्वर्ग उसको काखमा मर्न पाए
अतितका पाना पल्टी रोएँ धेरै साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
रिसाएझैँ गर्थिन् उनी धेरै माया गरी
जिस्किएर पर सर्थिन् जान्छु छाडी भनि
लुकीलुकी एकान्तमा भेट्रथ्यौ सधैँ साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
शान्त हुन्थ्यो यो मन एकझुल्को हेर्न पाए
पुगिन्थ्यो कि स्वर्ग उसको काखमा मर्न पाए
अतितका पाना पल्टी रोएँ धेरै साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।
Friday, March 19, 2010
(गीत)बरु मृत्यु सहुँला
तिमी टाढा हुँदा म कसरी बाँचुला
टाढा नजाऊ मार,बरु मृत्यु सहुँला ।
तिमीलाई मैले आफ्नै मुटु मानिसकेँ
जीवनसाथी तिमीलाई नै ठानिसकेँ
तिमी पराई हुँदा म कसरी बाँचुला
पराई नहोऊ मार,बरु मृत्यु सहुँला ।
तागत छैन ममा पराई भाको हेर्ने
ईच्छा मेरो एउटै तिम्रो सिउँदो भर्ने
दुःखसुख बाडी हामी सँगै बाँचुला
छाडी नजाऊ मार,बरु मृत्यु सहुँला ।
टाढा नजाऊ मार,बरु मृत्यु सहुँला ।
तिमीलाई मैले आफ्नै मुटु मानिसकेँ
जीवनसाथी तिमीलाई नै ठानिसकेँ
तिमी पराई हुँदा म कसरी बाँचुला
पराई नहोऊ मार,बरु मृत्यु सहुँला ।
तागत छैन ममा पराई भाको हेर्ने
ईच्छा मेरो एउटै तिम्रो सिउँदो भर्ने
दुःखसुख बाडी हामी सँगै बाँचुला
छाडी नजाऊ मार,बरु मृत्यु सहुँला ।
Saturday, March 13, 2010
रुन मन लाग्यो
फेरि आज उनलाई सम्झी रुन मन लाग्यो
छायाँ बनी उनकै नजिक हुन मन लाग्यो ।
पीडा सबै पग्लिएर रातमा मेरो निन्द्रा छैन
परदेशमा मेरो हजुर खाको छ कि छैन ?
महिना बित्यो बर्ष बित्यो खवर पाको छैन
रिसाएर हो कि कुन्नी सपनीमा आको छैन ।
भोलि–भोलि भन्दा–भन्दै जीवन बित्ने हो कि
हुलाकी दाइ खवर लगिदेऊ पर्खि राछ भनि
तृष्णा बढ्यो मनमा कस्तो छुन मन लाग्यो
फेरि आज उसकै यादमा रुन मन लाग्यो ।
छायाँ बनी उनकै नजिक हुन मन लाग्यो ।
पीडा सबै पग्लिएर रातमा मेरो निन्द्रा छैन
परदेशमा मेरो हजुर खाको छ कि छैन ?
महिना बित्यो बर्ष बित्यो खवर पाको छैन
रिसाएर हो कि कुन्नी सपनीमा आको छैन ।
भोलि–भोलि भन्दा–भन्दै जीवन बित्ने हो कि
हुलाकी दाइ खवर लगिदेऊ पर्खि राछ भनि
तृष्णा बढ्यो मनमा कस्तो छुन मन लाग्यो
फेरि आज उसकै यादमा रुन मन लाग्यो ।
Thursday, March 4, 2010
(गीत )तड्पाएर छाडी जाने
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
किनारसँग मस्किएर बगी जाने नदी जस्तो ।
किन आउछु भन्नु त्यसै पर्खाई नआउनेले
झुटो कसम खानु किन माया नलाउनेले
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
पातसँग जिस्किएर बही जाने हावाजस्तो ।
सिङ्गो जीवन हाम्रो एउटै आधा तिम्रो मेरो आधी
किन भन्नु नहुनेले तिमी मेरो जीवन साथी
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
लठ्याएर भागी हिड्ने सुवास त्यो फूलको जस्तो ।
किनारसँग मस्किएर बगी जाने नदी जस्तो ।
किन आउछु भन्नु त्यसै पर्खाई नआउनेले
झुटो कसम खानु किन माया नलाउनेले
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
पातसँग जिस्किएर बही जाने हावाजस्तो ।
सिङ्गो जीवन हाम्रो एउटै आधा तिम्रो मेरो आधी
किन भन्नु नहुनेले तिमी मेरो जीवन साथी
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
लठ्याएर भागी हिड्ने सुवास त्यो फूलको जस्तो ।
Subscribe to:
Posts (Atom)