बग्नुको अर्थ
समुन्द्रमा पुग्नु,
वाँच्नुको अर्थ मर्नु,
अब के फरक भयो
पानी म/हामीहरुमा ?
उस्तै–उस्तै
पानी जस्तै बगिरहेको छ जीवन
कुलुलु कुलुलुलुलुलुलुलुलुलुलुलुलुलुलु ,
फरक–
उकाली,
ओराली,
तेर्सो
हिडेर बग्छ जीवन
र ओरालो बगेर
बाँच्छ सधैँ पानी,
सगरमाथा
बिरुद्धमा
धावा बोलिरहेको छ
बुर्ज खालिफा
चढ्छ को ?
अब काला पत्थर ?
(जता ऐस उतै आराम
जता धन उतै मन),
सुन्छु अचेल
सहरतिर खुब मौलाएको छ रे
पर परबाट ल्याएको नासो संस्कृति,
सुदुररर क्षितिज पर
लादेनले निशाना बनायो
पेन्टागन
आफ्नो निधारमै
हान्दा पनि छेक्न सकेन संसार थेग्छु भन्नेले
अनि नाकै मुनि बसेको
रावणले किन चोरी औला नघुमाओस्
म/हामी रामापिथेकसहरुको अघि ?
Monday, September 13, 2010
पर्खी बस्छ बगर सधैँ
फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।
पीडाहरु उर्ली आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइन कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।
माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै'छ
तर्दा–तर्दै नदी बीच डुबि जाने नाउ रै'छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।
पीडाहरु उर्ली आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइन कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।
माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै'छ
तर्दा–तर्दै नदी बीच डुबि जाने नाउ रै'छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।
पठाकोछु लिन
लिन भनि पठाकोछु आउनू तिमी जूनसँगै
बाटोभरि बास्ना छर्दै मखमली फूलजस्तै ।
महिनौ भयो चिठी–पत्र,खबर नि नआएको
धेरै भयो खुशीयाली मेरो मनमा नछाएको
रातभरि जागै बस्छु तिमी आउने बाटो कुर्दै
कति दिन बसूँ अब आँखाबाट आँसु झार्दै ।
फर्कदैनौ परदेशबाट मलाई बिस्र्यौ कि त?
खबर ल्याउने जूनसँग कतै तस्र्यौ कि त ?
सबै भन्न थाले परदेशीको हुन्न केही भर
तिमीले पनि बिर्से पछि मेरो को नै छ र ?
बाटोभरि बास्ना छर्दै मखमली फूलजस्तै ।
महिनौ भयो चिठी–पत्र,खबर नि नआएको
धेरै भयो खुशीयाली मेरो मनमा नछाएको
रातभरि जागै बस्छु तिमी आउने बाटो कुर्दै
कति दिन बसूँ अब आँखाबाट आँसु झार्दै ।
फर्कदैनौ परदेशबाट मलाई बिस्र्यौ कि त?
खबर ल्याउने जूनसँग कतै तस्र्यौ कि त ?
सबै भन्न थाले परदेशीको हुन्न केही भर
तिमीले पनि बिर्से पछि मेरो को नै छ र ?
खुसी छैन मन
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो
बाँच्ने आधार छैन केही बरु मर्नै जाति भयो ।
बिश्वास माथि घात हुँदा कसोगरी मन बुझाऊँ
टुक्र–टुक्रा भाको मुटु खै के गरी भन सिलाऊँ
थोत्रो लुगा सम्झि मलाई बेवारिस फाली दियो
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो ।
मन उड्छ टाढा–टाढा चुडिएको चङ्गाजस्तै
आँखाबाट खस्छ आँसु बग्छ सधैं गङ्गाजस्तै
जीवन मेरो घातै–घातको अलिखित कथा भयो
खाएका ती बाचाहरु दुखिरहने ब्यथा भयो ।
बाँच्ने आधार छैन केही बरु मर्नै जाति भयो ।
बिश्वास माथि घात हुँदा कसोगरी मन बुझाऊँ
टुक्र–टुक्रा भाको मुटु खै के गरी भन सिलाऊँ
थोत्रो लुगा सम्झि मलाई बेवारिस फाली दियो
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो ।
मन उड्छ टाढा–टाढा चुडिएको चङ्गाजस्तै
आँखाबाट खस्छ आँसु बग्छ सधैं गङ्गाजस्तै
जीवन मेरो घातै–घातको अलिखित कथा भयो
खाएका ती बाचाहरु दुखिरहने ब्यथा भयो ।
Wednesday, August 11, 2010
ढुङ्गालाई
ढुङ्गालाई पगाल्न खोजेँ आँफै गली गएँ,
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
बादल जस्तै भाग्यौ हावा बनि पछ्याईरहेँ
कारण खोज्दा खोज्दै आफैँलाई सच्याईरहेँ
अनयास आँखाबाट आँसु त्यसै झरी रहे
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
दुःख लुकाएर हरपल तिमीसँगै हाँस्न सकू
चोखो माया तिम्रै लागि सधैँ साँच्न सकूँ
ईच्छाहरु सेलाएर छेउमा बसी हेरी रहेँ
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
बादल जस्तै भाग्यौ हावा बनि पछ्याईरहेँ
कारण खोज्दा खोज्दै आफैँलाई सच्याईरहेँ
अनयास आँखाबाट आँसु त्यसै झरी रहे
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
दुःख लुकाएर हरपल तिमीसँगै हाँस्न सकू
चोखो माया तिम्रै लागि सधैँ साँच्न सकूँ
ईच्छाहरु सेलाएर छेउमा बसी हेरी रहेँ
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।
Tuesday, July 20, 2010
तराई रोयो किन ?(गीत)
हिमाल हाँस्दा मुस्काएर तराई रोयो किन ?
आफ्नो आफ्नै बीच पनि पराई भयौँ किन ?
सुन्दर सानो घर हाम्रो सधैँ मिली बस्थ्यौँ
रुँदा सँगै रुन्थ्यौँ हामी हाँस्दा सँगै हाँस्थ्यौँ
हिमालको भर पहाड हुन्थ्यो पहाडको तराई
दुःख कष्टै भए पनि बस्थ्यौ रमाई-रमाई ।
मयूर नाच्दा पहाडमा डाँफे खुसी हुन्थ्यो
न्याउली रोए मैना चरी सँगसँगै रुन्थ्यो
तर आज डाँफे रुँदा न्याउली हुन्छे खुसी
आमा रुँदा यहाँ अचेल कोही छैन दुःखी ।
आफ्नो आफ्नै बीच पनि पराई भयौँ किन ?
सुन्दर सानो घर हाम्रो सधैँ मिली बस्थ्यौँ
रुँदा सँगै रुन्थ्यौँ हामी हाँस्दा सँगै हाँस्थ्यौँ
हिमालको भर पहाड हुन्थ्यो पहाडको तराई
दुःख कष्टै भए पनि बस्थ्यौ रमाई-रमाई ।
मयूर नाच्दा पहाडमा डाँफे खुसी हुन्थ्यो
न्याउली रोए मैना चरी सँगसँगै रुन्थ्यो
तर आज डाँफे रुँदा न्याउली हुन्छे खुसी
आमा रुँदा यहाँ अचेल कोही छैन दुःखी ।
मुटु दुख्यो(गीत)
मुटु दुख्दा छातीभित्र आँसु झर्यो आँखाबाट
वेइमानीले धोका दिदा खसेँ म त छाँगाबाट ।
वैरीले नि माफ दिन्थ्यो यसो गरी शरण पर्दा
शत्रु पनि आफ्नो हुन्थ्यो यति धेरै माया गर्दा
छायाँ पर्यौ किन तिमी आज मेरो आँखाबाट ?
विर्सु भन्दा किन आउँछ सम्झनामा घरिघरि ?
आलो घाउमा नुन छर्न छायाँ बनि वरिपरी
वहार खोज्दा भएँ म त झर्या पात हाँगाबाट ।
स्वर-सुवाश पराजुली
संगीत-टिका भन्डारी
वेइमानीले धोका दिदा खसेँ म त छाँगाबाट ।
वैरीले नि माफ दिन्थ्यो यसो गरी शरण पर्दा
शत्रु पनि आफ्नो हुन्थ्यो यति धेरै माया गर्दा
छायाँ पर्यौ किन तिमी आज मेरो आँखाबाट ?
विर्सु भन्दा किन आउँछ सम्झनामा घरिघरि ?
आलो घाउमा नुन छर्न छायाँ बनि वरिपरी
वहार खोज्दा भएँ म त झर्या पात हाँगाबाट ।
स्वर-सुवाश पराजुली
संगीत-टिका भन्डारी
एक्लै परिएछ(गीत)
यात्रा गर्ने धेरै यहाँ तर एक्लै परिएछ
हाँसो,खुसी बस्ने मनमा आँसु भरिएछ ।
हाँस्ने,खेल्ने ईच्छाहरु सबै मरी गए
रहरहरु सबै मेरा त्यसै वइली गए
सम्झी ल्याउदा मन मेरो हुन्छ कस्तो–कस्तो
उराठिलो चैतमासे खडेरीको वनजस्तो ।
आगो बल्छ मनभित्र पोल्छ सधैँ छाती
छटपटिन्छु दिनभरि जागै बस्छु राती
कुरा खेल्छ नानाथरि हुन्छ कस्तो–कस्तो
दुई दिनको जीवन पनि भयो किन यस्तो ?
हाँसो,खुसी बस्ने मनमा आँसु भरिएछ ।
हाँस्ने,खेल्ने ईच्छाहरु सबै मरी गए
रहरहरु सबै मेरा त्यसै वइली गए
सम्झी ल्याउदा मन मेरो हुन्छ कस्तो–कस्तो
उराठिलो चैतमासे खडेरीको वनजस्तो ।
आगो बल्छ मनभित्र पोल्छ सधैँ छाती
छटपटिन्छु दिनभरि जागै बस्छु राती
कुरा खेल्छ नानाथरि हुन्छ कस्तो–कस्तो
दुई दिनको जीवन पनि भयो किन यस्तो ?
Thursday, July 1, 2010
किन छुन सक्थेँ
आकाशको जून तिमी किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
जति हेर्यो हेरौँ लाग्ने आकाशको जून
आकाशगंगा भइदिऊ कि तिमीलाई छुन
तारे भीरमा फुलेकी छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
विहान हेर्छु शीत बनि तिमी पातमा हुन्छौ
ताराहरु वीचमा पनि किन तिमी रुन्छौ ?
छायाँ बनि भागि हिड्छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
जति हेर्यो हेरौँ लाग्ने आकाशको जून
आकाशगंगा भइदिऊ कि तिमीलाई छुन
तारे भीरमा फुलेकी छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
विहान हेर्छु शीत बनि तिमी पातमा हुन्छौ
ताराहरु वीचमा पनि किन तिमी रुन्छौ ?
छायाँ बनि भागि हिड्छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।
Subscribe to:
Posts (Atom)