Wednesday, December 22, 2010

मुटुभित्रै

मुटुभित्रै बसेकी छौ कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

कस्तो काँडा बिज्यो मनमा झिकूँ भन्दा झनै गड्छ
कस्तो माया रै’छ तिम्रो बिर्सू भन्दा झनै बढ्छ
ढुकढुकीमा छौ तिमी कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

हाँसो खुशी दिन्छु भन्यौ तर मलाई लुटी गयौ
जीवनभरि मलाई रुवाई आफू भने खुशी भयौ
आफैँ भन्दा प्यारो लाग्छ कसोगरी जाली भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

स्वर-तारा लक्षम
संगीत-नरहरि प्रेमी
एल्वम-मखमली चोली

1 comment:

  1. हैन तपाईको यो गित त निकै कर्णपि्रय पो छ त वधाई छ तपाईलाई , अझै तपाईको कृतिले सगरमाथाको चुचुरो छुनेछ ।

    ReplyDelete